भद्रपुर । एक साता अघि आएको बाढीले झापाका ३१ वटा सामुदायिक विद्यालयमा क्षति पुर्याएको छ । मावि, आधारभुत र प्रावि गरी विद्यालयमा करिव ३९ लाख ४८ हजार रुपैया बराबरको क्षति पुगेको जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार बाढीले सबै भन्दा बढी असर झापा गाउपालिकामा रहेका सामुदायिक विद्यालयमा गरेको छ । गाउपालिकामा आएको बाढीले १३ वटा विद्यालयमा पानी पसेपछि विद्यालयमा रहेको पोशाक, पुस्तक, कपिकलम, भौतिक संरचनामा क्षति पुगेको शिक्षा कार्यालयले जनाएको छ । बाढीले कुमरखोद र टाघनडुब्बा स्थित जुरो प्राविमा ४ लाख र लक्ष्मी प्रावि, सितुमारी प्रावि, सालमारा प्रावि, सरस्वती प्रावि, भृकुटी आधारभुत, जनता मावि, त्रिभुवन आधारभुत, सिमलबाडी आधारभुत, डिल्लीराज मावि, नमुना प्रावि, कुवाडी आधारभुत र जगदम्बा प्राविमा ५ हजारदेखि ५० हजार सम्मको क्षति पुरयाएको छ । एक सातापछि त्यहाँका विद्यालय शुक्रवारबाट खुलेका छन् । कुमरखोदस्थित जुरो प्रावि र लक्ष्मी प्रावि विद्यालय भने अझै खुल्न नसकेको टाघनडुब्बा स्रोतकेन्द्रका खडकप्रसाद खरेलले जानकारी दिए ।
त्यस्तै दमक नगरपालिकामा ६ वटा विद्यालयमा क्षति पुगेको छ । दमकस्थित सगरमाथा प्राविमा २ लाख १५ हजार, पशुपती आधारभुतमा १ लाख ५० हजार, पाणिनी माविमा २ लाख, जनचेतना प्राविमा एक लाख, महालक्ष्मी आधारभुतमा एक लाख र सरस्वती माविमा २ लाखको क्षति पुगेको छ । बाह्दशी गाउपालिकास्थित सधुपारती प्राविमा ७५ हजार, भगवती आधारभुतमा दुई लाख, सुन्दरपुर प्राविमा एक लाख, जनविकास आधारभुतमा एक लाख र जनता आधारभुतमा दुई लाखको क्षति पुगेको छ । भद्रपुरस्थित आर्दश प्राविमा दूई लाख, हल्दिवारीस्थित दुर्गादेवी प्राविमा दुई लाख ५० हजार, कनकाईस्थित सिंघादेवी आधारभुतमा तीन लाख ५० हजार, गौरादाहस्थित खयरबारी प्राविमा एक लाख ५० हजार, कचनकवलस्थित बुद्ध प्राविमा दुई लाख ५० हजार, शिवसताक्षीस्थित जनआर्दश माविमा तीन लाख ५० हजार र कमलस्थित सरस्वती माविमा एक लाख ५० हजार बराबरको पुगेको शिक्षा कार्यालयले जनाएको छ ।
बाढीले झापाका ३१ ओटा सामुदायिक विद्यालयमा क्षति
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































