विजयपुर/नेपाल तरुण दल सुनसरीले केराबारी गाउपालीका ४ स्थित खोलाघारी र छ बोटेका बाढी तथा पहिरोबाट पिडितहरुलाई राहत बितरण गरेको छ ।सोमबार बिस्थापितहरु भएको ठाउमा पुगेर तरुण दलले राहत वितरण गरेको हो ।

तरुण दल सुनसरीका उपाध्यक्ष तथा नेपाली काङग्रेसका महाधिबेशन प्रतिनिधि सन्तोष बिकको नेतृत्वमा गएको टोलिले राहत विरतरण गरेको हो ।खोलाघारी तथा छ बोटेका २३ घर परिवारलाई त्रिपाल,चामल,झुल,तन्ना र मासु उपलब्ध गराइएको थियो ।केराबारी गाउपालीका ४का वडा सदस्य पदमबहादुर मगरको उपस्थितीमा तरुण दलले राहत वितरण गरेको हो ।

राहत वितरणका लागि स्थानिय शिक्षक तथा समाजसेवी फुलबहादुर कट्टेलले समन्वय गरेका थिए ।ब्लाष्ट टाईम्स दैनिकमा बाढी तथा पहिरोबाट विस्थापित भएकाहरुको बारेमा समाचार प्रकाशित भएपछि तरुण दलले उक्त ठाउमा राहत वितरण गरको हो ।

तरुण दल सुनसरीका अनुसार विस्तापितहरुलाई उपलब्ध गराइएको चामल तारा राई,त्रिपाल तथा झुल मनिष कोइराला,तन्ना सिजन गुरुङ र मासु प्रह्हाद लिम्बुले उपलब्ध गराएका थिए ।