धरान/नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी भएका छन् ।मंगलबार बिहान आएको नतिजा अनुसार आचार्यको समूहले पदाधिकारीसहित अधिकांश पदमा विजयी हासिल गरेको हो । आचार्यले ७ सय ३२ र उहाँका प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६ सय २७ मत पाएका छन् ।
नेपाल प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धनबाट अध्यक्षमा उम्मेदवार दिएका आचार्य प्रेस सेन्टर समर्थक हुन । आचार्यका प्रतिद्वन्द्वी कोइराला प्रेस चौतारीबाट अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
उपाध्यक्षमा विपुल पोखरेल विजयी भएका छन् । पोखरेल प्रेस युनियनबाट उम्मेदवार थिए । पोखरेलले प्रेस चौतारीका उपाध्यक्षका उम्मेदवार मातृका पौडेललाई पराजित गरेका हुन ।