धरान/ रौतहटको विभिन्न स्थानमा बाढीबाट विस्थापित भएका २ सय ६० घर परिवारलाई ‘टुगेदर वि क्यान ब्रिन द चेन्ज’ नामक एक संस्थाले अत्यआवश्यक राहत सामाग्री वितरण गरेको छ ।
रौतहटको गंगापपरा र भोलैया गाउँपालिकाका बाढी पीडतलाई १ लाख ५० हजार मुल्य बरावरको राहत सामाग्री वितरण गरेको हो । बाढी पीडितहरुलाई ६४ बोरा चामल, ७५ थान त्रिपाल, भूजा, दाललगयातको आत्यआवश्यक राहत समाग्री वितरण गरेको संस्थाका सचिब रुपक कर्णले जानकारी दिए । मानविय सेवा लागि पर्ने यस संस्थाले अन्य गाउँपालिकाहरुमा पनि राहत सामाग्री वितरण गर्ने सचिब कर्णले बताए ।