कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले सरकारी अस्पताल र विद्यालयमा सुधार ल्याएमा देश कायपलट हुन समय नलाग्ने बताएका छन् । विकासमा राजनिती नगरि समाज निर्माणमा एक जुट भएर लाग्नु पर्ने आजको आवश्यक्ता देखिएको सांसद सिटौलाको धारणा थियो । पछिल्लो समय नयाँ आसा दिने गरि अस्पतालको राम्रो लक्षण देखिएको उनले बताए । सेवा विस्तार भएसगै दरबन्दीमा आएका चिकीत्सकलाई आवास लगायत व्यवस्थापन गर्न अस्पताल प्रशासनलाई निर्देशन समेत उनले दिएका छन् । अस्पताल हितको लागी गरिने काममा पैसाको अभाव नहुने उल्लेख गर्दै जुनसुकै सरकार आएपनि विकासमा अवरोध नहुने उनले आश्वासन दिएका छन् । उनले अर्को प्रशंगमा हुलाकी सडक निर्माण सम्पन्नसगै देशको दक्षिणी क्षेत्र विकास हुनेमा कुनै शंका नगर्न समेत अनुरोध गरे । एक्लो प्रयासले राष्ट्र दरो नहुने उल्लेख गर्दै सवैदल मिलेर सफल हुनेमा आफु विश्वस्त रहेको प्रष्ट पारे ।
कार्यक्रममा अस्पाताका सुपरिटेण्डेन्ट डाक्टर पिताम्बर ठाकुरले अस्पतालको अवस्थाका बारेमा प्रष्ट पारेका थिए । अस्पतालमा भौतिक निर्माण, सेवा विस्तार,सरसफाई र गुणस्तरीय सेवाकोलागी हर प्रयास गरिरहेको डाक्टर ठाकुरले बताए । केहि महिना अघिदेखि आइसियु सेवा सुरु भइसकेको जानकारी गराउदै थप सेवा विस्तारको सन्दर्भमा हेमोडाइलासिस सेवा सञ्चालनमा ल्याएको बताए । स्वास्थ्य मन्त्रालयले दिएको ५०लाख र अस्पताल विकास समितिले थप रकम गरि अनुमानित ६० लाखमा मेसिनसहित व्यवस्थापनमा खर्च भएको उनले सार्वजानिक गरेका थिए । गत आइतवारदेखि चार वेडको हेमो डाइलासिस सेवा सञ्चालन गरिएको उनले बताए । विरामीलाई सहज उपचारको लागी प्रत्येक सोमवार र बुधवार इन्डोस्कोपी सेवा समेत सञ्चालनमा ल्याएको उनले जनाए । हाल अस्पतालमा १ सय ३२ शैया रहेको समेत प्रष्ट पारेका थिए । अर्को तर्फ अस्पताललाई आधुनिक तथा सुविधा सम्पन्न बनाउनका लागी प्रथम पटक ३० करोड रकम निकासा भएकोले केहि समय पछि सिलान्यास गराइ निर्माण कार्य सुरु गरिने जानकारी गराएका थिए । त्यसैगरि दक्ष जनशक्ति उत्पादनको लागी अस्पतालले मेडिकल कलेज निर्माणको लागी स्थानीय मन्त्रालको स्वामीत्वमा रहेको भद्रपुर १० स्थित ग्रामीण विकास प्रशिक्षण केन्द्रको जग्गालाइ कलेज निर्माणको लागी प्रक्रिया अघि बढिसकेको समेत जानकारी गराएका थिए ।
कार्यक्रममा सांसद मोहन टुडु,जितु गौतम,पुर्व सांसद पुष्पराज पोखरेल,विकास समितिको तर्फवाट ज्याति सिं दर्लामी, काग्रेसका ३ नम्बर क्षेत्रीय सभापती गणेश पोखरेल, एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठक,माओवादी केन्द्रका जिल्ला संयोजक झलक सि. दर्लामी,जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल लगायतले अस्पतालमा देखिएको समस्या र भावि योजनाको बारेमा प्रतिबद्धता जनाएका थिए । विकास समितिका अध्यक्ष राम कट्टेलको सभापतित्वमा सम्मपन्न कार्यक्रममा प्रहरी प्रशासन, संघ संस्था उद्योगी व्यापारी,चिकित्सक पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालान विकास समितिका सदस्य घनश्याम अधिकारीले गरेका थिए ।