भद्रपुर । झापा जिल्लामा बाढीले क्षतिग्रस्त बनाएका बाढीपीडित क्षेत्रहरुको सिंचाई मन्त्री सञ्जयकुमार गौतमले स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् । सिचाई मन्त्री गौतम, जलउत्पन्न प्रकोप व्यवस्थापन विभागका महानिर्देशक मधुकर राजभण्डारीसहित आएको टोलीले झापाको मेची, बिरीङ्ग, कनकाई, रतुवा र मावा नदीमा आएको बाढीले क्षति पुर्याएको नगर तथा गाउपालिकाका बाढीपीडित क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका हुन् ।
बाढीपिडित क्षेत्रको निरीक्षण पश्चात शुक्रवार जिल्ला प्रशासन कार्यालय झापामा आयोजित कार्यक्रममा बोल्दै सिचाई मन्त्रि गौतमले झापाका नदीले धार परिर्वतन गरी क्षति पुर्याएकोले नदी नियन्त्रणका लागि आवश्यक बजेट तत्काल झापा पठाउने बताएका छन् ।
झापाको कुन कुन नदीमा तटबन्धन निर्माण गर्नुपर्ने आवश्यक बजेटसहितको विवरण तत्काल विभाग पठाउन मन्त्री गौतमले जिल्ला दैविक प्रकोप उद्धार समितिलाई आग्रह गरेका छन् । साथै अल्पकालीन रुपमा गरिने कामको कुनै औचित्य नहुने बताउदै नदीको तटबन्धनका लागि दिर्घकालीन कार्य योजना बनाएर अघि बढ्न समितिलाई निर्देशन दिए । बाढीले देशभरीमा सिचाई क्षेत्रमा मात्र २० अर्व भन्दा बढी क्षति पुर्याएको उल्लेख गरे । तत्काल २० करोड बजेट विनयोजन गरी जिल्लाहरुमा पठाउने काम भइरहेको उनले जानकारी गराए ।
झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले झापामा ३ अर्व भन्दा बढी क्षति भएको जानकारी गराएका थिए । कृषिमा १ अर्व ६ करोड, सिंचाईसहित भौतिक संरचनामा २ अर्व र पशुधनमा ४२ लाख क्षति भएको उल्लेख गरे । बाढीले झापामा १६ जनाको ज्यान गएको छ भने, दुई जना अझै वेपत्ता रहेका छन् । बाढीले ३ हजार ५ सय ३४ घरपरिवार प्रभावित भएकोमा २ हजार ४ सय ४४ घरपरिवार विस्थापित भएका थिए । ५० घरपरिवार उच्च जोखिममा रहेको छ, भने ६ सय ४४ घर पूर्ण क्षति भएको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी गराएका थिए ।
झापाका बाढी पीडित क्षेत्रमा सिंचाई मन्त्रीको निरीक्षण
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































