धरान/ धरान– धनकुटा सडक खण्ड अन्र्तगत निशाने खोला छेउमा फेरी पहिरो गएरपनि सडक अबरुद्ध भएको छ । यस अघि पहिरोले सडक बगाएपछि नयाँ ट्रयाक खोलिएको थियो ।
खोलिएको नयाँ ट्रयाक पनि पहिरोले पुरिदिएपछि शनिबार दिउसोबाट धरान र पुर्वी पहाडि जिल्लाको सडक सम्पर्क टुटेको छ । सडक अबरुद्ध भएपछि सयौ यात्रु बिच बाटोमै अलपत्र परेका छन् भने तरकारी जन्य उत्पादनहरु बाटोमै थन्किएको छ ।पहिरो पन्छाएर सडक खुलाउन प्रयास भइरहेपनि सफल हुन सकेको छैन ।