भद्रपुर । झापा जिल्ला बक्सिङ्ग संघको चौथो अधिवेशन विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ आइतवार साँझ झापाको भद्रपुरमा सम्पन्न भएको हो । कार्यक्रमलाइ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले उद्घाटन गरेका थिए । उद्घाटन पश्चात संबोधन गर्दै सदस्य सचिव विष्टले खेलकुदको विधाले मात्र नेपाललाई चिनाउन सफल भएको पुष्टि गरेका छन् । नेपालमा कलाकारिता, राजनैतिक लगायतका क्षेत्ररहेपनि कुनै पदक हासिल गर्ननसकेको बताउदै खेल क्षेत्रले दैनिक एउटा पदक पाउने गरेको उनले बताए । नेपालका खेलाडि पारिवारिक रुपमा कमजोर देखिएपनि अन्य देशका उत्कृष्ठ खेलाडिलाई हराएर जित हासिल गरी नेपाललाई चिनाएको उल्लेख गरे । खेलकुदको जग विद्यालय भएपनि पछिल्लो पटक खेलकुदका लागि उठाएको रकम अन्य प्रयोजनमा खर्च गर्ने गरेको प्रति दुःख व्यक्त गरेका थिए । उनले अर्को प्रशंगमा झापाको भद्रपुरमा इतिहास बोकेर बसेको मेची रङशालालाई आगामी ३ वर्षभित्र १५ हजार दर्शक अटाउने क्षमता रहेको आधुनिक रङशाला निर्माणको प्रक्रिया शुरु भएको समेत जनाए । कार्यक्रममा बक्सिङको क्षेत्रमा उल्लेखिय योगदान जारी राखेको भन्दै संस्थापक तथा आजिवन मानार्थ अध्यक्ष विष्णु गोपाल श्रेष्ठलाई सम्मान पत्र प्रदान गरिएको थियो भने बक्सिङ खेलको संरक्षण तथा प्रवर्धनमा योगदान पुर्याएको भन्दै सोनु राजवंशी,बन्दु कार्की,डम्बर बहादुर लिम्बु,प्रशिक्षक टार्जन सुब्वा लगायतलाई समेत सम्मान पत्र वितरण गरिएको थियो । बक्सिङक संघका अध्यक्ष भोजराज सिटौलाको सभापतित्व तथा सदस्य सचिव विष्टको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सम्पुर्ण खेलकुद संघको तर्फवाट जलकुमार गुरुङ्,झापा खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, बक्सिङक संघका केन्दीय अध्यक्ष राम आवाले लगायतले मन्तव्य राखेका थिए । उद्घाटन पश्चात बसेको बन्द शत्रले पूर्व बक्सिङ्ग खेलाडी तथा भद्रपुरका युवा व्यवसायी सञ्जिव घोषको अध्यक्षतमा पाँच वर्षे कार्यकालको लागि १४ सदस्यसहितको नयाँ कार्य समिति सर्वसम्मतबाट गठन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र उप्रेती, उपाध्यक्षद्धयमा केशर मगर र राजकुमार राईलाई चयन गरिएको छ । सचिवमा युवराज खडका, सहसचिवमा डम्बर राई, कोषाध्यक्षमा दिनेशकुमार रायलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा किरण भारती, सुरजमनि हेमरम, धनकुमार राजवंशी, सरु नेम्बाङ्ग, दिनेश अधिकारी, विष्णु गुरुङ्ग र बुद्ध राजवंशी रहेका छन् ।