गुरमित राम रहिमसँग फिल्मदेखि उनलाई सजायँ तोकिएपछि पनि सँगै देखिएकी बाबाकी धर्मपुत्री भनिने हनिप्रितसँग बाबाको अवैध सम्बन्ध भएको आरोप लागिसकेको छ । यो आरोप हनिप्रितका पूर्वपति विश्वास गुप्ताले लगाएका थिए । विश्वास गुप्ताका पिताले बाबामाथि अदालतमा मुद्दा पनि दर्ता गरेका थिए तर पछि सम्झौतापश्चात् सम्बन्धविच्छेद भएको थियो ।

के आरोप लगाइएको थियो, के हो पूरा कहानी

करनाल जिल्लाको घरौंडाबाट सन् १९६२ र सन् १९७२ मा दुई पटक एमएलए बनेका रुलिया रामका छोरा एमपी गुप्ताले सन् २०११ मा हाइकोर्टमा दर्ता गरेको आफ्नो याचिकामा उनी र उनका परिवार बाबा शाह सतनामका अनुयायी भएको बताएका थिए । सन् १९९० मा डेरेका मुख्य बाबा गुरमित राम रहिम बने । त्यतिबेला एमपी गुप्ता हरियाणा सरकारमा असिस्टेन्ट इन्जिनियरको पदमा थिए ।

उनको आरोप अनुसार उनले आफ्नो सम्पत्ति र कारखाना बेचेर जुन पैसा पाएका थिए त्यो डेरा सच्चा सैदाद्वारा चलाइएका विभिन्न कारखानामा लगानी गरे । उनलाई नाफा पनि दिइने विश्वास दिलाइयो । सन् १९९७ मा उनको परिवार डेरा सच्चा सौदामा सिफ्ट भए ।

हनिप्रितको वास्तविक नाम थियो प्रियंका, विश्वास गुप्तासँग भएको थियो विवाहः

हाइकोर्टमा दर्ता गरिएको उजुरी पत्रमा बताइए अनुसार बाबासँग बस्ने उनकी धर्मपुत्री हनिप्रितको वास्तविक नाम प्रियंका थियो । उनी फतेहाबादमा बस्छिन् ।

बाबाले नै उनको नाम परिवर्तन गरेर हनिप्रित राखिदिएका थिए । सन् १९९९ फेब्रुअरी १४ तारिखमा हनिप्रित र विश्वास गुप्ताको एक सत्संगमा विवाह भयो । त्यतिबेला कुनै लेनदेन, दाइजो लिइएन ।

त्यसपछि बाबाले बनाए छोरीः

विश्वास गुप्ताका अनुसार विवाह पछि पनि हनिप्रित डेरामा बस्थिन् । एकपटक पनि उनलाई विश्वाससँग पठाइएन । हनिप्रितको बाबासँग अवैध सम्बन्ध भएको उनले आरोप लगाएका थिए । हनिप्रित र बाबा दुबै एउटै कोठामा बस्ने गरेको पनि उनको आरोप छ ।

विश्वासले जब यसमा आपत्ति जनाए तब बाबाले सार्वजनिक रुपमा हनिप्रितलाई आफ्नो तेस्रो छोरी घोषित गरिदिए र विश्वास गुप्तालाई आफ्ना ज्वाईं बनाए ।

विश्वास गुप्ता र उनका पिताद्वारा मुद्दा दर्ताः

विश्वास गुप्ता र एमपी गुप्ताले बाबामाथि हाइकोर्टको मुद्दा दर्ता गरेका थिए । धेरै दिनसम्म चल्यो मुद्दा । पछि सम्झौता भयो र दुबैको सम्बन्धविच्छेद भयो ।

सधैंजसो बाबासँगै देखिन्छिन् हनिप्रितः

हनिप्रितलाई बाबाको तेस्रो छोरी बताइन्छ । बाबासँग धेरैजसो समय उनी नै देखिन्छिन् । बाबाको फिल्ममा पनि उनी नै नायिका थिइन् ।

पछिल्लो शुक्रबार जब बाबालाई दोषी ठहरायो त्यतिबेला उनीसँग हनिप्रित नै थिइन् । अब बाबालाई सजायँ सुनाएपछि हनिप्रितलाई गद्दीको सबैभन्दा ठूलो दाबेदार मानिएको छ ।