सुनसरी / गत श्रावन २७ गते राती गएको बाढीले सुनसरीमा मात्र सयौको उठिवास लागेको छ । बाढी पिडितहरुलाई खान वस्नको समस्या भएको भन्दै अहिले नेपाल विद्यार्थी संघ प्रदेश नम्वर एकले औरात्र खटिरहेको छ ।

मंगलवार भोक्राहमा गएर नेविसंले पिडितहरुलाई राहत वितरण गरेको छ । पछिल्लो कहि समय यता पिडितहरुलाई राहत वितरणमा नेविसंघ सक्रिय भएको नेपाल विद्यार्थी संघ प्रदेशनम्वर एकका संयोजक विकास केसीले वताए । केसीले भने बाढी पिडितहरुको लागी नेपाल विद्यार्थी संघले औरात्र खटेको विद्यार्थी नेता केसीले भने ।

हामीले सुनसरीको विभिन्न ठाउँमा गएर राहत सामाग्री वितरण गरीरहेका छौ उनले भने । नेपाल विद्यार्थी संघका पूर्व कन्द्रिय उपाध्यक्ष तथा काग्रेसमा महाधिवेशन प्रतिनिधि राजिब ढुंगानाले आफुहरु पिडितहरुको लागी राहत संकलनमा सक्रिय रुपमा लागेको वताए ।

आफुहरुले इटहरी सँगै बाढी पिडितहरुको लागी गाउँ गाउँमा पुगेर सहयोग गरीरहेको उनको भनाई थियो । हामीले पिडितहरुको लागी ठाउँ ठाउँमा जानुको साथै आफ्नो मातहतका सबैलाई सहयोग गर्न निर्देशन दिएको जनाए ।

नेपाली काग्रेसका जिल्ला सभापति राजिब कोईरालाले आफुहरु बाढी पिडितको घाँउमा मलम लगाउँन काग्रेसका सम्पूर्ण कार्यकर्ता तथा भातृसंगठनहरु सक्रिय रुपमा लागेको वताए ।

हामी सुनसरीका सबै क्षेत्रका बाढी पिडितहरुको घाँउमा मलम लगाउँदै आएको छौ उनले भने । काठमाण्डा तथा विभिन्न ठाउँबाट आएको राहत वितरणमा आफुहरु सक्रिय भएर लागेको उनको भनाई थियो ।

रातह वितरण कार्यक्रममा नपाली काग्रेसका जिल्ला सचिव केदार भण्डारी,महाधिबेशन प्रतिनिधि बद्री नारायण चौधरी,नेपाल विद्यार्थी संघ सुनसरीका सचिव मन्दिप भट्टराई लगायतका नेताहरुको उपस्थितममा भोक्राह ४ का बाढीपिडितहरुलाई एक थान पाल,लत्ताकपडा सहित ३० घर परीवारलाई १० केजीको दरले चामल वितरण गरेको नेविसंघले जनाएको छ ।