धरान / कोशी उच्च बाँधको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गर्ने विषयमा सहमति बनेको बाणिज्य मन्त्री मिनबहादुर बिश्वकर्माले बताएका छन् ।
[caption id="attachment_54198" align="aligncenter" width="1024"] तस्विर उपेन्द्र चाम्लिङ /ब्लाष्टखबर[/caption]सुनसरी उद्योग बाणिज्य संघको ५४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा मंगलबार मन्त्री बिकले प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणका क्रममा भारत सरकारसँग उक्त सहमति बनेको बताएका हुन् । उनले उक्त डिपिआर बन्दा अधिकतम नेपालको हितमा बन्नु पर्ने तर्फ पनि इगिंत गरेका छन् । ‘त्यो डिपिआर बन्दा भारतलाई भन्दा पनि नेपाललाई बढी फाइदा छ ।’ उनले सम्बोधनका क्रममा भने । ‘जलासयबाट पर्यटनको विकास, कृषिको विकास गर्न सकिन्छ ।’
[caption id="attachment_54199" align="aligncenter" width="960"] ५० अाै बार्षिक उत्सबमा केक काट्दै मन्त्री विक । तस्विर उपेन्द्र चाम्लिङ /ब्लाष्टखबर[/caption]उनले थपे । उनले त्यसले नेपाललाई बहुआयमिक रुपमा फाइदा पुग्ने बताएका छन् । कृषिमा पूर्वको झापादेखि पश्चिमको जनकपुरसम्मका खेतियोग्य जमिनहरुलाई सिंचित गर्ने बताएका छन् । उनले भारतसँग यसपटक ४८ वटा बुँदामा सहमति बनेको छ । जस अन्तर्गत नेपालको जनकपुरसम्मको सर्किट साथै बुद्धको जन्मस्थल लुम्बिनीसम्मको सर्किट बनाउने सहमति बनेको बताए । यसले नेपाल र भारतलाई जोड्ने मात्रै विकास पनि उल्लेख्य फड्को मार्ने बताए ।
उनले भारतले व्यापारीहरुलाई हालै लगाएको आयत निर्यातसम्बन्धी जिएसटी करको विषयमा हामीले डराउनु पर्ने अवस्थै नरहेको बताए । उनले भारत सरकारले सहज बनाउनको लागि र एकद्वारा नीतिको लागि नै यो कर लगाइएको प्रष्ट पारे । उनले सम्बोधनका क्रममा धरानको विकासको मूल फुटाउनको लागि राजनीतिक पार्टी भएर हैन, धराने भएर सोच्नको लागि आग्रह गरे । उनले पार्टी–पार्टी भएर सोचेमा विकास सम्भव नहुने बतााउँदै पार्टी विकासको लागि अहितकर रहेको दाबी गरे ।
उनले भने, ‘यदी विकास गर्नुछ भने पार्टी भएर हैन, धराने भएर सोच्नुपर्ने रहेछ ।’ उनले धरानको विकासको लागि आफ्नो मन्त्रीकालमा सक्दो सहयोग गर्न तयार रहेको बताएका छन् । कार्यक्रममा धरानको समृद्धिको विषयमा प्रा.डा. राजेन्द्र शर्मा, आर्थिक समृद्धिको विषयमा व्यवसायी कृष्णकुमार अग्रवाल, र पर्यटनको विषयमा पर्यटन व्यवसायी एलिना मगरले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।
संघका अध्यक्ष राजेन्द्र साहको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह, पूर्व क्षेत्रीय सशस्त्र प्रहरी प्रमुख जानकीराज भट्टराई, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीलगायतको उपस्थिति रहेको थियो ।