विराटनगर/ समाजसेवी स्व. राजेन्द्र कुमार खड्का (विदुर) स्मृती भेट्रान्स लिग कम नकाउट फुटबल प्रतियोगितामा मेघा स्पोट्स एकाडेमी विराटनगर फाइनलमा पुगेको छ ।
विराट मेघा एकाडेमीको आयोजनामा विराटनगर – २ रामपुरको खेलमैदानमा मंगलबार भएको प्रतियोगितामा सीयमजि स्वास्थ्य क्लब विराटनगर बसपार्कलाई एक गोलको विरुद्ध दुई गोल गर्दै विराट मेघा स्पोट्स एकाडेमी फाइनलमा प्रवेश गरेको हो ।
विराटको तर्फबाट विकी भूजेल र मनोज बस्नेतले गोली गरि टिमको जित सुनिश्चित गरे । उत्ता सीमजिको तर्फबबाट शम्भू धिमालले गोल गरे ।प्रतियोगिताको आज बुधबारको खेल हाटखोला स्पोर्टिङ्ग क्लब र हाम्रो क्लब पोखरीया बिच प्रतिस्पर्धा हुने आयोजक संजिव खड्काले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको बिजेताले नगद ३१ हजार र उप बिजेताले नगद २१ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल आउँदो शुक्रबार हुनेछ ।