दाङ / पानीमा डुबेर तुलसीपुरमा एक बालिकाको मृत्यु भएको छ । शौचालय प्रयोगका लागि राखिएको पानीको ड्रममा डुबेर तुलसीपुर उपमहानगरपालिका वडा न १८ बर्लेनी निवासी ओम बहादुर सुनारकी अढाई वर्षीया छोरी बिमला सुनारको मृत्यु भएको हो ।
चर्पीमा राखिएको पानीले भरिएको ड्रममा डुबेको अवस्थामा फेला परेकी विमलालाई स्वास्थ्य संस्थामा उपचारका लागि लिने तयारी भए पनि बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।
पानीमा डुबेर बालिकाको मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































