तेह्रथुम/तेह्रथुमको म्याङलुङ्गमा प्रदेश नम्वर १ स्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता यहि भदौ २९ गते देखि शुरु हुने भएकोे संघका जिल्ला अध्यक्ष नारायण श्रेष्ठले बताए । प्रतियोगितामा प्रथम हुने टिमले ४० हजार, दोश्रो हुने टिमले २५ हजार र तेश्रो हुने टिमले १५/१५ हजार पुरस्कार पाउने छन । यसै गरि भेट्रान्स तर्फ प्रथम हुने टिममले २० हजार, दोश्रो हुने टिमले १५ हजार र तेश्रो हुने टिमले ५/५ हजार पुरस्कार पाउने छन भने खेलाडीहरुलाई आवसको ब्यवस्था आयोजकले गर्ने जनाएका छन ।

प्रतियोगिता संचालनका लागि लगभग पुृरस्कार सहित ३ लाख ५० हजार रुपैया लाग्ने आयोजकले जनाएको छ । जसका लागि जिल्लामा भएका ब्यापारी, समाजसेवी, उद्योगी, संघ सस्थाहरुलाई अनुरोध गरिने संघका सचिव राजिव ढुङ्गानाले बताए । पहिलो पटक जिल्लामा हुन लागेको प्रतियोगितालाई सवै महानुभावहरुले सहयोग गरिदिन संघका महासचिव महेश आचार्यले अनुरोध गरे ।

म्याङलुङ्गमा एक वर्ष अगाडी स्थानीय तेजु खड्का, महेश आचार्य, सन्तोष बराल र राजबहादुर थापाले आफ्नै लगानीमा कबर्ड हल निर्माण गरे पछि जिल्लामै पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो