तरहरा/ खेलकुद क्षेत्रकै हब बन्दै गएको सुनसरीको इटहरीमा पहिलो पटक जिल्ला स्तरीय अन्तर माबि विद्यालय संसद कप फुटबल प्रतियोगिता २०७४ सुरु भएको छ ।

इटहरी फुटबल टेनिगं सेन्टरको आयोजना गरेको प्रतियोगितामा प्रमुख अतिथि रेवतीरमण भण्डारीले खेलकुद क्षेत्रमा संसद कपले एउटा उदाहरण देशभरीलाई दिएको वताए । इटहरीका हरेक क्षेत्रमा खेलकुदको विकास गर्ने आफ्नो उदेश्य रहेको भन्दै खेलकुदको विकासमा आफुहरु लागी रहने वताए ।

खेलकुद क्षेत्रको विकास गर्ने इटहरीमा पहिलो पटक संसद कप सुरु भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनुरोध थापाले वताए । उनले भने खेलकुदको विकासको लागी यो एउटा थप इटाको रुपमा संसद कप आएको छ उनले भने । सेन्टरका अध्यक्ष श्याम मानन्धर, सोमवार भएको पहिलो प्रतियागितामा लर्डबुद्ध बोडिङ स्कुल र पूर्वाअञ्चल बोडिङ  विच भएको प्रतियोगितामा लर्डबुद्धले ३ –० ले पूर्वाअञ्चललाई हराएको हो । लर्डबुद्धका खेलाडी आशुष भुजेल,अर्पण कार्की र दिवस भण्डारीले गोल गरे।

कार्यक्रममा इटहरीका उपमेयर लक्ष्मी गौतम,उवासंघका वरिष्ठ उपाध्यक्ष शैलेश विष्ट,जिल्ला फुटवल संघका अध्यक्ष दिलिप राई,ब्याईज फुटवल क्लवका अध्यक्ष कोबित कार्की ,केशव कार्की लगायतका खेलकुद क्षेत्रका अगुवाहरुको उपस्थित रहेको थियो ।