काठमाण्डौं । ‘उपचारका क्रममा लापरबाही भएर बिरामीको मृत्यु भएमा चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने’ नियम बनाउने सरकारको निर्णय बिरुद्ध चिकित्सक संघले आन्दोलनका कार्यक्रम सार्वजानिक गरेको छ । सरकारले ल्याउन लागेको नयाँ नियमको निर्णय तत्काल खारेज नगरे आगामी शुक्रबारदेखि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चिकित्सक संघले घोषणा गरेको छ ।
सरकारले निर्णय फिर्ता नलिए असोज ६ गतेदेखि लागू हुने गरी देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको संघले बुधवार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसको यथोचित कार्यान्वयनका लागि संघका सम्पूर्ण शाखा कार्यालयहरु, नेपालभरीका सम्पूर्ण स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई यसै विज्ञप्तिमार्फत तयारी अवस्थामा रहन समेत सूचित गरेको जनाएको छ ।
शुक्रवारदेखि देशभरका स्वास्थ्य संस्था बन्द हुने
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































