तेह्रथुम/आठराई सक्रान्ति बजारमा कार्यक्रताको एक भेलाले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक जिल्ला समिति गठन गरेको छ । भेलाले गौरी कन्दङ्गवाको अध्यक्षतामा २५ सदस्य नयाँ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा यसोदा काफ्ले, गुमानसिं कार्की, दिपक सोदेम्वा, सचिवमा धनराज कन्दङ्गवा, सहसचिवमा याम प्रसाद मैनाली र कोषाध्यक्षमा गोपाल मोते रहेका छन । यसै गरि पार्टी प्रवक्तामा युवराज गौतम चयन भएको नव गठिन अध्यक्ष कन्दङ्गवाले बताए ।
प्रजातान्त्रिक अध्यक्षमा कन्दङ्गा
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































