आँखा तथा कान शिविर
धरान/धरान–१५ स्थित नेपाल तामाङ घेदुङ इकाई कार्य समितिले एकदिने निःशुल्क आँखा तथा कानको शिविर गरेको छ ।
शिविरमा २२५ जना आँखाको समस्या लिएर आइपुगेका थिए । जसमध्ये २५ जनामा मोतीयविन्दुको समस्या देखा परेको थियो । उनीहरुलाई विराटनगर आँखा अस्पतालले निःशुल्क सल्यक्रिया गरिदिने भएको कार्यक्रम संयोजक टंक योञ्जनले बताए । त्यस्तै कानको समस्या लिएर ६५ जना शिविरमा उपस्थित भएका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































