चौध महिनाका बालक बिचल्लीमा
भोजपुर/भोजपुर नगरपालिका–११ आम्तेक, फोक्टेनीका १४ महिनाका एक बालक बिचल्ली परेका छन् ।
टाउकाभरि घाउ नै घाउ भएपछि छिमेकी तारा तामाङले ती बालकलाई जिल्ला अस्पताल भोजपुरमा ल्याएकी हुन् । जन्मदिने आमा गुमाएका ती बालकसहित एकै घरका पाँचजना बालबच्चा ७६ वर्षीया हजुरआमा रत्नकुमारी तामाङको साथमा रहेको स्थानीयवासीले बताएका छन् ।
बाबु हर्कबहादुर तामाङले मदिरा सेवन गरी आमा मीना तामाङको गत चैत २० गते हत्या गरेपछि बाबु जिल्ला कारागारमा छन् । सफल तामाङ नाम रहेका १४ महिनाका ती बालकलाई प्रत्यक्ष देखेर भोजपुर नगरपालिकाका प्रमुख कैलाश आलेले तत्काल संरक्षणका लागि विशेष पहल गरिरहेको बताए ।
तेह्र वर्षीय सौगात तामाङ, आठ वर्षीया शिशिरा तामाङ, पाँच वर्षीय सगुन, तीन वर्षीया सिमाना र १४ महिनाका सफल तामाङ यसरी बेसहारा बनेका हुन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































