इटहरीको बिहीबारे बजारमा आगलागी हुँदा ४० लाख रुपैया नष्ट
धरान/इटहरी उपमहानगरपालिका–२० तरहराको बिहीबारे बजार क्षेत्रमा आगलागी हुँदा ४० लाख रूपैयाँभन्दा बढीको धनमाल नष्ट भएको छ ।
बिहीबार राती बिहानीपख आगलागी हुँदा तीन वटा घरमा रहेका सो मूल्य बराबरको धनमाल नष्ट भएको हो । प्रहरी चौकी तरहराका प्रहरी नायब निरीक्षक पहल कट्वालका अनुसार दीपक गुप्ताको पसलसमेत रहेको घरबाट शुरु भएको आगलागीमा परेर गुप्ताको घरसँगै जोडिएको सुमन गिरी र चक्रबहादुर राईको घरमासमेत नोक्सानी पुगेको छ ।
फलफूल पसल भएको स्थानमा बालेको बत्तीबाट आगो लागेको हुन सक्ने आशंका गरिएको छ । आगलागीमा सबैभन्दा बढी गुप्ताको नोक्सानी भएको प्रहरीले जनाएको छ । इटहरी, धरान र इनरुवाबाट आएको बारुणयन्त्रको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासी समेतको सक्रियतमा दुई घण्टापछि आगो नियन्त्रण लिएको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































