उदयपुर/उदयपुरको त्रियुगा नगरपालिका १२ पुरानो गाईघाटमा निर्माणाधीन घरको पिलर खस्दा थिचेर ६ वर्षिय एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रियुगा नगरपालिका १२ पुरानो गाईघाट बस्ने कोपिला खड्काको छोरा सन्देश खड्का छन। खड्कालाई शुक्रबार दिउँसो आफ्नै घर बाहिर खेल्दै गरेका अवस्थामा छिमेकमा बन्दै गरेको घरको पिलर खसेर किच्दा गम्भीर घाइते भएका थिए। घाईते बालकको उपचारकालागी जिल्ला अस्पताल उदयपुर लैजानेक्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट टोली खटिगई अनुसन्धान कार्य भई रहेको छ।