धरान/बाढीपीडितलाई सहयोग गर्ने उद्देश्य लिएर हाम्रो युवा समाज धरानले ‘फेष्टिभल इन्टरटेनमेन्ट म्युजिकल लाइभ कन्सर्ट’ गर्ने भएको छ ।
[caption id="attachment_57192" align="alignnone" width="846"]
तस्बिरः भोजराज श्रेष्ठ[/caption]
यही असोज २८ गते पब्लिक उच्चमाविको खेल मैदानमा कन्सर्ट गर्ने भएको हो । कन्सर्टबाट संकलित रकम मध्ये ५० हजार रुपैया बराबरको शैक्षिक सामग्री बाढीपीडितलाई हस्तान्तरण गर्ने कार्यक्रम संयोजक श्री सुब्बा जवेगूले बताए । समाजले इटहरी–४ गैरीगाउ“को ६३ घरपरिवारलाई सामग्री दिने भएको हो ।
कन्सर्टमा चर्चित र्यापर लाउरे, गायक कमल खत्री र धरानको आउटसाइडर्स व्याण्डसहित स्थानीय व्याण्डहरुको प्रस्तुती रहने संयोजक जवेगूले बताए ।
तस्बिरः भोजराज श्रेष्ठ