धरान/हाम्रो युवा समाज, धरानको आयोजना शनिवार ‘फेस्टिभल इन्टरटेन्टमेन्ट म्युजिकल लाइभ कन्र्सट’ पब्लिक उच्चमाविको खेल मैदानमा सम्पन्न भएको छ । [caption id="attachment_57781" align="alignnone" width="3521"] तस्बिरः बिकास रार्इ[/caption] इटहरी–४ गैरीगाउँका बाढीपीडितहरुको सहयोगार्थ कन्सर्ट गरिएको हो । कार्यक्रमको उद्घाटन धरान उपमहानगरकी उपप्रमुख मञ्जु भन्डारीले गरिन् । कन्सर्टमा नेपालकै चर्चित र्यापर लाउरे, गायक कमल खत्रि र छेवाङ लामा अनुपा राई, स्थानिय व्याण्ड आउटसाइर्डसलगायतले प्रस्तुती दिए । कार्यक्रमबाट संकलित रकमले ६३ परिवारका बालबालिकाहरुको शिक्षामा खर्च गरिने क्लवका अध्यक्ष श्री सुब्बा जवेगूले बताए । शिक्षामा ५० हजार रुपैया हस्तान्तरण गरिने कार्यक्रम छ । व्रदरहुड धरान युथ क्लवको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।