मुम्बई/ फिल्म पद्मावतीको गीत रिलिजको क्रममा छ । फिल्ममा दीपिका पादुकोणलाई मुख्य बिन्दु बनाइएको छ । रिलिज क्रममा रहेको गीतको म्युजिक, निर्देशक सञ्जय लीला भन्सालीको नै रहेको छ । उक्त गीतलाई श्रेया घोसालले गाएकी छिन् । फिल्मको ट्रेलर रिलिजसँगै दीपिकाको लुकलाई धेरैले रुचाएका छन् । खबर अनुसार दीपिकाका लागि सबैभन्दा धेरै पारिश्रमिक पनि मिलेको थियो । उनले रानी पद्यिनी बन्नका लागि ११ करोड रकम लिएकी दिइन् । यद्यपि यसको बारेमा निर्माण समूहले भने केही भनेको छैन । सञ्जय लीला भन्साली आफ्नो फिल्ममा कलाकारको गेटअपलाई लिएर धेरै नै चनाखो हुने गर्छन् । पद्मावतीमा पनि दीपिकाले धेरै गहना र ज्वेलरी लगाएकी छिन् । उनले फिल्ममा रानी पद्यिनीको भूमिका निभाएकी छिन् । उनको लूकले नै अहिले धेरै दर्शकको ध्यान आफूतर्फ खिच्न सफल भएको छ । दीपिका रानी पद्यिनीको भूमिकाकालाई घण्टौं लगाएर तयार हुने गर्थिन् । साथै उनलाई कमभन्दा पनि कम मेकअप गरिने गरिन्थ्यो । अहिलेसम्म दीपिकाका जुन जुन लूक बाहिरिएका छन्, ती सबैलाई दर्शकले रुचाएका छन् । राजस्थानको लोक नृत्य घुमरमा नाचेकी उनी अहिले फिल्मको ट्रेलर रिलिजसँगै अझै चर्चामा छिन् । १ डिसेम्बरमा रिलिज हुने फिल्ममा दीपिका बाहेक रणवीर सिंह र शाहिद कपूर पनि मुख्य भूमिकामा छन् तर यतिबेला पद्यावति चारैतिर चर्चामा छिन् ।