ग्यास लिक भएर विराटचौकमा आगलागी हुँदा
धरान/ग्यास लिक भई मोरङको सुन्दरहरैँचा–९ स्थित बिराटचौकमा आईतबार बिहान आगलागी हुँदा तीनलाख रुपैया बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार स्थानीय देवकुमारी भट्टराईको तीन तले घरको बीचमा रहेको भान्सा कोठामा खाना पकाउने क्रममा ग्यास लिक भएर आइतबार बिहान आगलागी भएको थियो ।
आगलागीबाट भान्साकोठाको सम्पूर्ण सामग्री जलेर नष्ट भएको विराटनचौक प्रहरी चौकीले जनाएको छ । करिव ६ बजेर ३० मिनेटमा सुरु भएको आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































