बझाङ/ जिल्ला प्रहरी कार्यालय, बझाङ्गले साढे ४ किलो अवैध चरेससहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छविसपाथिभेरा गाउँपालिका–६ का ५० बर्षिय झब्बर बुढा र स्थानीय ४२ वर्षीय ज्ञानबहादुर बुढा छन् । विशेष सुराकीका आधारमा प्रहरीले उनलाई आइतबार राति बझाङ्गको खोड्पे चैनपुर सडक खण्डमा पर्ने दुर्गाथली गाउँपालिका–२, मौरी बजार नजिकैबाट उनीहरुलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
चरेससहित दुई पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































