इटहरी/ नेपाल अंग्रेजी भाषा शिक्षक संघ नेल्टाले प्रदेश नम्वर १ को क्षेत्रीय सम्मेलन सुनसरीको धरानमा आयोजना गर्ने भएको छ । प्रदेश नम्वर १ का  नेपालका सरकारी तथा निजी क्षेत्रका शैक्षिक संस्थाहरुमा अध्यापन गर्ने अंग्रेजी भाषाका शिक्षकहरुको दक्षता अभिवृद्धिका लागि काम गर्दै आएको सो संस्थाले सोमबार इटहरीमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । आगामी कार्तिक १७ र १८ गते धरान १५ को केके इन्टरनेशनल स्कुलमा सम्मेलन हुने आयोजकले जनाएको छ ।  सम्मेलनका अंग्रेजी भाषा अध्ययन अध्यापनका क्षेत्रमा विश्वमा अवलम्वन गरिदै आएका प्रविधि सहितको शिक्षण सिकाइ पद्धतीहरु समावेश गरिएका ४० भन्दा वढी प्रस्तुतिहरु रहने नेल्टाका अध्यक्ष केशव भट्टराईले जानकारी दिए ।सम्मेलनमा प्रोफेसर डा.अभि सुवेदी , प्रोफेशर डा.जयराज अवस्ती ,प्रोफेसर डा. विष्णु सिहं राई , वृटिश काउन्सीलकी तालिम प्रमुख रोना ब्राउन अमेरिकन राजदुतावासका डेनिस याड. लगायतले सहजिकरण गर्ने आयोजक संस्थाले जनाएको छ । पत्रकार सम्मेलनमा नेल्टाका प्रदेश नम्वर १ का सुनसरी ,मोरगं,झापा,इलाम, संखुवासभा , उदयपुर तथा सोलुखुम्वका ३सय ५० जना भन्दा बढी अग्रेजी भाषाका विभिन्न तहमा पढाउने शिक्षकहरुको सहभागी हुने जानकारी गराइयो ।