-
Home
-
मनोरञ्जन
-
नेपाली बोल्न जान्ने भारतीय नायिका उदिता भन्छिन्– ‘नेपालमा झन्डै मरेको’
नेपाली बोल्न जान्ने भारतीय नायिका उदिता भन्छिन्– ‘नेपालमा झन्डै मरेको’
- कार्तिक १४, २०७४
- ब्लाष्ट खबर
सपनाको शहर मुम्बई, जहाँ लाखौ युवायुवती सुनौलो भविष्यको खोजीमा पुग्ने गर्छन्। तर मुम्बईको फिल्म इन्डस्ट्रिमा सफलता हात पार्न सोचे जस्तो सजिलो छैन। धेरै कम व्यक्तिले मात्र आफ्नो सपना साकार पार्न सफल हुन्छन्। यिनै सफल कलाकारमा पर्छिन्, नायिका उदिता गोस्वामी। बलिउडकी बोल्ड र सेक्सी नायिका उदितालाई भेट्न सोचे जस्तो सजिलो छैन। तर, हामीले मुम्बईमै बसोबास गर्ने नेपाली पण्डित अत्री गौतमको सहयोगले उदितासँगको भेटलाई सम्भव तुल्यायौं।
उदिताको मामा घर भारतको पूर्वी पहाडी जिल्ला सिलोङको मेघालयमा पर्दो रहेछ। बुवाको घर पर्छ, नेपाली भाषी बसोबास गर्ने हरिद्वारमा। उनको हजुरआमा नेपालका पूर्व प्रधानमन्त्री तथा पञ्चायतको आमा भनेर चिनिने तुलसी गिरीको बहिनी हुन्। त्यसैले उनी चलनचल्तीको नेपाली भारतीय लवजमा राम्रोसँग बोल्न सक्छिन्।
उनलाई थुप्रै नेपाली लोकगीत अहिले पनि कण्ठस्थै रहेछ। अन्तर्वार्ताकै क्रममा गाउन थालिन्, ‘पानको पात माया तिमीलाई सम्झिन्छु दिनको रात, सिमसिमे पानीमा।’ उनलाई सानोमा नेपाली फिल्म प्रेमपिण्डको चर्चित गीत ‘गैरी खेतको शिरै हान्यो, वर्षायामको दरौदीलेु कण्ठै रहेछ।
उदिताले बलिउडमा दर्जनौ फिल्ममा अभिनय गरिसकेकी छिन्। बलिउडमा उनको आफ्नै पहिचान छ। उनको पहिलो हिन्दी फिल्म ‘पाप’ निकै चर्चित बनेको थियो। यो फिल्ममा उनले जोन इब्राहिमको जोडीको भूमिका निर्वाह गरेकी थिइन्। जसमा उनी ‘आनी’ बनेकी थिइन्।
उनले ुजहरु, ुअक्सरु, ुदिल दिया हेु, ुअगरुजस्ता फिल्म खेलेकी छिन्। उनले २०१३ मा ‘आशिकी–२’ का निर्देशक मोहित सुरीसँग विवाह गरेकी थिइन्। मोडलिङबाट फिल्मी संसारमा प्रवेश गरेकी उदिता आफूले फिल्म क्षेत्रमा आउन धेरै मेहनत गर्नु नपरेको बताउँछिन्।
‘५ वर्षदेखि दिल्लीमा मोडलिङ गरिरहेको थिएँ, मेरो तस्विर पत्रिकामा छापिएको थियो। त्यही तस्विर हेरेर मलाई प्रस्ताव गर्न पुजा भट्ट दिल्ली आउनु भएछ। उहाँले फोन गरेर मलाई भेट्न बोलाउनु भयो,’ उनले हिन्दी फिल्म क्षेत्रमा पाइला टेक्दाको अनुभव सुनाइन, ‘तीन चरणको वार्तापछि उहाँले मलाई ुपापु फिल्ममा पक्का गर्नुभयो।’
काठमाडौंमा हुर्किएकी उदितालाई नेपालको सबै कुरा मन पर्दोरहेछ। सानोमा काठमाडौंको सडक उनलाई ठूलो लाग्थ्यो रे। तर, ठूलो भएपछि काठमाडौं घुम्न जाँदा सानोमा आफूले महसुस गरेको ठूलो बाटो उनलाई सानो लागेछ। हाँस्दै भनिन्, ‘सानो मान्छेको आँखाले काठमाडौंको बाटो ठूलो पो देखेको रहेछु।’
उदितालाई काठमाडौंको थुप्रै गल्लीहरुको नाम समेत थाहा छ। धेरैअघि जनकपुरबाट काठमाडौंतर्फ जाँदै गर्दा आफू ठूलो दुर्घटनाबाट जोगिएको उनले बताइन्। यतिबेला उनको दाहिने पाखुराको माथि घाउ भएको थियो। त्यो दुर्घटनामा उनले घाउको खत बोक्न बाध्य भएकी थिइन्।
‘अहिले पनि मेरो पाखुरामा बसेको दाग देखेर सबैले सोध्छन्। घटना बताउने क्रममा म फेरि नेपाल फर्किहाल्छु’, उनले भनिन्।
उदितालाई काठमाडौंको तितौरा र गुदँपाक खुब मनपर्छ। नेपालबाट कोही आउन लागेको थाहा पाइन् भने उनी तितौरा र गुदँपाक मगाइहाल्छिन्। उनलाई पिरो अचार खुब मिठो लाग्दो रहेछ।
उनी अहिले पनि घरमा मःम र चाउमिन खाने गर्छिन्। दालभात उनको प्रियः खानाभित्र पर्छ। नेपाली भाषा राम्रोसँग बोल्ने भए पनि उनलाई नेपाली फिल्म खेलिहाल्ने कुनै मोह छैन। तर, उनी राम्रो कथा र निर्देशक भएको खण्डमा नेपाली फिल्म खेल्न सक्ने बताउँछिन्।
नेपाललाइभ