काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेस पतनको बाटोमा अघि बढेको टिप्पणी गरेका छन्। रिपोर्टस क्लबले शनिबार राजधानीमा गरेको साक्षात्कारमा नेता नेपालले प्रजातान्त्रिक मूल्य मान्यता पालनामा कमजोर बन्दै गएको नेपाली कांग्रेस पतनउन्मुख भएको टिप्पणी गरेका हुन्। सार्वजनिक कार्यक्रममा सधैँ शालीन र भद्र अभिव्यक्ति दिने गरेका नेता नेपाल शनिबार नेपाली कांग्रेसप्रति निकै आक्रामक शैलीमा प्रस्तुत भएका थिए। नेपाली कांग्रेसलाई विकासको बाधक भन्दै उनले भ्रष्टाचारको वाहक र सुशासनमा शून्य देखिएको उसको अस्तित्व प्रजापरिषद्को जस्तो हुने दाबीसमेत गरे। धेरै चुनौतीहरुमा अग्रगामी भूमिका खेल्ने पार्टी नै एमाले भएको भन्दै उनले अनेक परीक्षामा पास हुँदै अघि बढेको माओवादी केन्द्रबीचको एकता स्वाभाविक भएको भन्दै उनले त्यसबाट कोही आत्तिनु नपर्ने उल्लेख गरे। वाम गठबन्धनबाट अत्तालिएको कांग्रेसले चुनावी तालमेल गरे पनि त्यसलाई सम्हाल्न नसकेर बरालिएर दुनियाँसामु तमासे बनेको भन्दै नेता नेपालले सन्तुलित, संयमित हुदै लोकतन्त्रको आधार नछोड्न सुझाव दिए।
कांग्रेस अब पतनको बाटोमा - नेता नेपाल
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























