जर्वजस्ती करणीका फरार आरोपित पक्राउ
धरान/मेची अञ्चल अस्पताल भद्रपुरबाट पाँच दिनअघि भागेका जबरजस्ती करणी मुद्धाका आरोपित रोशन माझीलाई प्रहरीले पक्राउ गरेको छ ।
झापा बाह्रदशी गाउँपालिका ४ घर भई भद्रपुर नगरपालिका ५ का माझी प्रहरी हिरासतमा रहेका बेला अचानक विरामी भएपछि उपचारको लागि अस्पताल लाने क्रममा भाग्न सफल भएका थिए । उनी कार्तिक १७ गते भागेका थिए ।
माझीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय अन्तर्गतको अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएका टोलीको सकृयतामा बुधबार विहान ९ बजे नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ पश्चात उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































