१० बर्षे जनयुद्दको १२ बर्ष बितिसक्दा देशले गनणतन्त्रलाई संस्थागत गर्न सकेको छैन। जनयुद्दमा कतिले ज्यानको आहुती दिए त कति अपाङ्ग भए यो कुरा सबै जनतालाई प्रस्टै छ । देशको मुहार फेर्न जनयुद्दमा होमिएका मध्ये अपाङ्ग भएका कतिले संघर्षमय जिन्दगी बाचिरहेका छन् ।

त्यही जन युद्दमा अपाङ्ग भएका गंगा बहादुर लामा ‘कमरेड कोशिश’ को जिवनीमाथी फिल्म ‘तान्द्रो’ बनेको छ । जसको बुधबार राजधानीमा प्रिमियर शो गरिएको छ। प्रिमियर शो मा नेता मोहन बैद्य, बिबेकशिलकी नेत्री रञ्जु दर्शना लगायत का नेता तथा कलाकारहरु उपस्थीत भएका थिए ।

फिल्म हेरिसकेपछी अधिकांशले फिल्म राम्रो भएको प्रतिक्रिया दिएका छन् । जन्नयुद्वमा गोलि लागेका कमरेड कोशिशको ४ दिने संघर्षमा फिल्म घुमेको छ । कमरेड कोसिसको पात्रलाई भने कलाकार दयाहाङ राईले निभाएका छन । सिनेमा आर्ट र ब्ल्याक हर्स मुभिजको ब्यानरमा निर्माण भएको फिल्मलाई साम्टेन भुटीयाले निर्देशन गरेका हुन् ।

फिल्मका निर्माता शतिश कुमार गौतम हुन् । फिल्ममा दयाहाङको अलवा बुद्धि तामाङ, रामबाबु गुरुङ, राजन खतिवडा, सरस्वती चौधरी लगायतको अभिनय रहेको छ । फिल्म यहि कार्तिक २४ गते शुक्रवारबाट देशव्यापी प्रदर्शन हुनेछ ।