पथरी/ एक महिनाअघि कतारमा बिल्डिङबाट झरेर मृत्यु भएका उर्लाबारी–९ दुर्गापुरीका २१ वर्षीय दीपक लिम्बू (मादेन)को परिवारलाई कतारमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । कर्मशील युवा मोरङ युवा बचत समूह कतारले मादेनको परिवारलाई लिम्बूको घरमा एक कार्यक्रमबीच १ लाख ३९ हजार ५५७ सहयोग गरेको हो । कतारबाट पठाइएको उक्त रकम उर्लाबारी–९ का वडाध्यक्ष बमबहादुर शर्मा, समाजसेवी तेजन खड्का लगायतका छरछिमेकले संयुक्त रुपमा दीपकको आमा चन्द्रकला र बुबा कैलाशलाई हस्तान्तरण गरे ।
मृतकका परिवारलाई विदेशबाट सहयोग
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































