विराटनगर/ विराटनगर महानगरपालिका–११ बस्ने बलराम कारंजीतको घरबाट ४ लाख मूल्य बराबरको धनसम्पत्ति चोरी भएको छ ।
घर धनी कारंजीतलगायत परिवारका अन्य सदस्यसमेत झापा गएको समयमा ढोकाको ताला फोडी कोठाभित्र रहेको दराजबाट आज बिहान ३ बजे सात तोला सुन र नगद गरी ४ लाख मूल्य बराबरको चोरी भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी दिएको घरधनी कारंजीतले बताए । विगत केही दिनदेखि विराटनगर महानगरपालिकाभित्र चोरीका घटनामा वृद्धि भइरहेको छ ।४ लाख मूल्य बराबरको चोरी
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































