तेह्रथुम/मेन्छ्यायेम गाउँपालिका मोराहाङ्गमा सुरक्षित गर्भपतन कार्यान्वयन सम्वन्धि एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

सुरक्षित गर्भपतन सेवा कार्यक्रम कार्यविधि निर्देशिका २०७३ को बारेमा जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना भएको हो । कार्यक्रममा सुरक्षित गर्भपतन सम्वन्धि विद्यमान कानूनी व्यवस्था, सुरक्षित गर्भपतन सम्वन्धि राष्ट्रिय नीति, गर्भपतनबाट हुने असर र महिलाको मृत्यु समेत हुन सक्ने शिक्षा मुलक डकुमेन्ट्री प्रर्दशन गरिएको थियो ।

कार्यक्रममा सहभागिहरुलाई आईपास नेपाल तेह्रथुम संयोजक केदार भण्डारी र गाउँपालिकाका स्तरीय स्वास्थ्य संयोजक राम निवास यादवले सहजिकरण गरेकाे थियो । मेन्छ्यायेम गाउँपालिकाका पदाधिकारी र कर्मचारी सहभागि रहेको कार्यक्रम आईपास नेपाल तेह्रथुमले आयोजना गरेको थियो ।

कार्यक्रम गाउपालिकाका अध्यक्ष यादव खापुङ्गको अध्यक्षतमा सम्पन्न भएको हो ।