धरान/विश्वमा बढ्दै गएको एन्टिबायोटिकको प्रयोगबारे सचेत गराउन सामाजिक उत्तरदायित्वका निम्ति चिकित्सक नेपाल (पिएसआरएन) ले साताव्यापी सचेतना कार्यक्रम गरेको छ ।
नोभेम्बर १४ देखि १९ गतेसम्म ‘एन्बिायोटिक्स रेसिस्ट्यान्स सप्ताह’ मनाइएको छ । जसमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पिएसआरएनले पनि एन्टिबायोटिकको प्रयोग संसारका लाघि घातक बन्दै गएकाले यसप्रति सचेत रहन आग्ह गरे । यसको प्रयोगसमेत बढिरहेको सन्दर्भमा भाविपीढिँहरुलाई समस्या सिर्जना हुने प्रतिष्ठान बाल रोग विभागका उपप्राध्यापक डा. दिनेश धरेलले बताएका छन् ।
उनले एन्टिबायोटिक्स सबैभन्दा बढी सिफारिस गरिने औषधिमा पर्ने र ५० प्रतिशत एन्बिायोटिक्स प्रयो अनाबश्यक रहेको दाबी गरे । उनले भने, ‘नेपालमा एन्टिबायोटिक्स रेसिस्ट्यान्सले पारेको प्रभाव सम्बन्धी कुनै आधिकारिक तथ्यांक त छैन तर, समस्याको आयतन अवस्य पनि ठूलै छ ।’
यस अवसरमा विद्यार्थीहरुले प्रतिष्ठान अस्पताल परिषरबाट सचेतनामूलक र्यालीसमेत निकालेका छन् । र्याली भानुचौक हुँदै छाताचोकसम्म पुगेर ‘एन्टिबायोटिक प्रयोग गर्नु पूर्व चिकित्सकहरुको सल्लाह लिऔं’ भन्दै सन्देश प्रवाह गरे । उनीहरुले पर्चा, व्यानर तथा टिसर्टमार्फत् सचेतना फैलाएका थिए ।
प्रचलित एन्टिबायोटिक्सले काम नर्गने किटाणूको संक्रमण बढ्दै गएकाले विषय सबैको स्वास्थ्यमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएको पिएसआरएनका शाखा अध्यक्ष सञ्जय बरालले बताए ।