निर्वाचनका लागि विद्यालय दुई चरणमा बिदा
मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरूको निर्वाचनका क्रममा विद्यालयहरूमा दुई चरणमा छुट्टी हुने भएको छ ।
शिक्षा मन्त्रालयले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा ७ देखि १० मंसिर र दोस्रो चरणमा हुन लागेका ४५ जिल्लामा १८ देखि २१ मंसिरसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रालयको निर्णयअनुसार विभागले निर्वाचनका समयमा दिएको सार्वजनिक बिदा हिउँदे वा वर्षे बिदाबाट उक्त अवधिको बिदा समायोजन गरी अध्ययन–अध्यापन गराउन अनुरोधसमेत गरेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































