मिस वर्ल्ड मानुषी छिल्लरले बहुचर्चित 'पद्मावती' विवादमा आफ्नो प्रतिक्रिया दिएकी छिन् । उनले दीपिका पादुकोणको तारिफ गर्दै ज्यान मार्ने धम्कीलाई पनि दीपिकाले ह्यान्डल गरेकोमा प्रशंसा गरेकी छिन् ।

मानुषीले भनिन्, 'भारतीय महिलाहरु हरेक समस्याहरुसँग जुुध्न सक्षम छन् । सबै भारतीय महिलाहरुमा एक कुरा समान छ । हामी चुनौतीसँग जुधेर अरुका लागि उदारहणको पात्र बन्न सफल हुन्छौं ।' उनले अगाडि भनिन्, 'हामीले आफूले आफैलाई कन्फिडेन्ट बनाउन जरुरी छ । यद्यपी, यो गर्दाखेरी हामीले धेरै मुश्किलको सामना गर्नुपर्छ । कहिले काहिं लाग्छ कि यो महिलाका लागि अनुकुल समाज होइन ।'

'व्यक्तिगत रुपमा हामीले एक उदाहरण तयार गर्नुपर्छ र महिलाहरुमा आत्मविश्वास हुनुपर्छ कि उनीहरु एउटा अद्भुत काम गर्न सक्दछन् ।', मानुषीले भनिन् । फिल्म 'पद्मावती'को रिलिजले गर्दा विभिन्न राजनीतिक दल र संगठनका सदस्यले भंसाली, दीपिका र रणवीरलाई धम्की दिइरहेका छन् । राजपूत करणी सेनाले दीपिकाको नाम नाट्ने धम्की दिएकोे छ ।

संगठनले भिडियो जारी गरेर भन्यो, 'राजपूतहरु महिलामाथी कहिले हात उठाउँदैनन् तर आवश्यक परेको खण्डमा हामी दीपिकालाई त्यही गर्नेछौं जो लक्ष्मणले शूर्पणखामाथी गरेका थिए ।' यो धम्कीपछि दीपिका पादुकोणको सुरक्षा बढाइएको छ ।

के हो विवाद ?  'पद्मावती'को धेरै कुरालाई लिएर विवाद भइरहेको छ । आरोप लगाइए अनुसार, फिल्ममा अलाउद्दीन खिलजीका प्रशंसा गरिएको छ । खिलजी र रानी पद्मिनीको बीच ड्रीम सीक्वेन्स फिल्मांकन गरिएको छ । रानी पद्मावतीलाई त्यो रुपमा पेश गरिएको छ, जुन राजपूत वा राजपरिवामा गरिदैन । घूमर डान्समा पनि राजपूत समाजलाई गलत रुपमा प्रस्तुति गरिएको छ । भनिएको छ कि पुरुषको अगाडि रानिहरु डान्स गर्दैनन् ।