धरान । एस डब्लु फेसन परेडको तेस्रो संस्करण अगामी पौषको दोस्रो साता हुने भएको छ । भिन्टेज लाउन्ज एण्ड बारको आयोजनामा फेसन परेड   पौष ९ गते धरान १५ स्थित होटल इजी राइडर्समा हुने  छ  । स्थानिय ३ जना मोडल सहित व्यवसायी १० मोडलहरु रहने फेसन सो को सोजस्टपर को रुपमा पुव मिस नेपाल माल्भिका सुब्बा रहने भिण्डेज लाउन्ज एण्ड बारका सञ्चालक  एस डब्लुले जानकारी दिए ।

फेसन डिजाइनर जिता गुरुङको डिजाइनमा मोडहरु वेष्र्टन, स्थेनिङ वेयर, प्राइडल लगाएतका सिक्वेन्समा स्टेजमा देखा पर्ने छन् । स्थानिय व्याण्ड तथा कलाकाहरुको समेत प्रस्तुती रहने ‘शो’ मा स्थानिय मोडलहरुलाई समेत प्रतिभा प्रस्फोटन गराउने उद्देश्यले स्थानिय ३ जनालाई सहभागी गराईने आयोजकले जनाएको छ । स्थानिय धरानका नयाँ ३ जना मोडल छनौटका लागी शनिबार अडिसन समेत भइसको छ । अडिसनका आएका ८ जनाबाट ३ जना छनौट गरि उनिहरुलाई बन्द प्रशिक्षण दिइ स्टेजमा व्यवसायीक मोडलहरुसँगै शो मा उतारिने आयोजकले जनाएको छ ।