नयाँ दिल्ली/ भारतीय सिनेमा जगतमा अत्यन्तै सफल अभिनेता शशीकपूरको सोमबार निधन भएको छ । उनी ७९ बर्षको थिए ।

सन् १९७० देखि ८० को दशकमा एक सफल अभिनेता तथा निर्मातासमेत रहेर ख्याति कमाएका शशीकपूर लामो समयदेखि मृगौलासम्बन्धी रोगका कारण विरामी थिए । शशीकूमारको सोमबार कोकलिवेन अस्पतालमा उपचारका क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । शशीकपूरले १०० भन्दा बढी हिन्दी चलचित्रमा अभिनय गरेको थियो भने इश्माइल मर्चेण्ट र जेम्स आइभोरीद्वारा सञ्चालित मर्चेण्ट आइभोरी प्रोडक्सनले निर्माण गरेका केही अङ्ग्रेजी चलचित्रमा पनि अभिनय गरेका थिए । भारतीय सिने जगतमा उल्लेख्य योगदान पु¥याएका कपूर वंशमा जन्मिएका शशी भारतीय चलचित्रका प्रसिद्ध पूराना अभिनेता पृथ्वीराज कपूरका कान्छा छोरा थिए । उनको अाज अन्त्येष्टि गरिने बताइएको छ । उनका दुई छोरा र एक छोरी छन् ।