तेह्रथुम/भौतिक पूर्वाधार तथा यतायात व्यावस्था राज्यमन्त्री, नेपाली काँग्रेसको केन्द्रीय सदस्य सीता गुरुङले मतदान गरेकी छन् । तेह्रथुम नेपाली काँग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार गुरुङले तेह्रथुमको आठराई स्थित ईवा मतदान केन्द्र (ख) बाट मतदान गरेकी हुन । आज विहान ९ बजे राज्यमन्त्री गुरुङले मतदान गरेकी हुन । बामगठबन्धनका प्रतिनिधि सभा उम्मेदवार भवानी खापुङले मध्यान्ह १२ बजे मतदान गर्ने तयारीमा छन । खापुङले मेन्छायायेम गाउँपालिकाको मोराहाङबाट मतदान गर्दै छन । प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यको दोेस्रो चरणको चुनाव अन्तर्गत तेह्रथुममा मतदान आज विहान ७ बजे देखि मतदान गर्ने क्रम सुरु भएको छ । तेह्रथुममा मतदाताहरु विहानैबाट लाइनमा बसेर भोट लगाउन थालेका छन् । जिल्लामा चुनाव शान्तिपुर्वक सञ्चालन भईरहेको मुख्य निर्वाचन अधिकृत नारायण प्रसाद पराजुलीले बताए । तेह्रथुममा मतदानका लागि ५७ स्थलमा ८५ मतदान केन्द्र रहेका छन । जिल्लामा ६६ हजार ६ सय ७ जना जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी दिपक भण्डारीले बताए ।