धरान/प्रदेश १ को सातवटा जिल्लामा हालसम्म करिव ६० प्रतिशत मत खसिसकेको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
[caption id="attachment_63511" align="alignnone" width="979"]
तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
तराईका जिल्लाहरुमा औषत ६० पुग्दा पहाडका केही जिल्लामा ५५ को हाराहारीमा पुगिसकेको छ । तराईका जिल्लाहरुमा औषतमा झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी मत खसेको निर्वाचन अधिकृत प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।
मोरङको केही मतदान स्थलहरुमा ७३ प्रतिशतसम्म मतदान भएको छ भने केहीमा ६१ प्रतिशतसम्म मत खसिसकेको सञ्जेलले जानकारी दिए । ‘अहिले हामी नमुना सर्वे गरिरहेका छौं । मोरङको केही स्थानमा ७३ प्रतिशतसम्म मत खसेको स्थिति छ ।’ उनले भने ।
उनका अनुसार ५ बजेसम्ममा ६५ देखि ७० प्रतिशत मत खस्ने अनुमान गरिएको छ भने पहाडी जिल्लाहरुमा ५५ देखि ६० प्रतिशत मत खस्ने बताइएको छ । प्रदेश १ मा दोस्रो चरणमा इलाम, तेह्रथुम, धनकुटा पहाडी जिल्ला पर्छन् भने झापा, मोरङ, सुनसरी र उदयपुर तराई जिल्लामा पर्छन् ।
यहाँ २२ लाख ७४ हजार २१६ मतदाताहरु रहेको निर्वाचन कार्यालयले जनाएको छ । जसमा ६३ पदका लागि ६२७ उम्मेदवारहरु स्पर्धामा छन् ।