धरान/बुबा रामबहादुर बिकको निधन भएर क्रियापुत्री बसेका सञ्चारकर्मी रणध्वज लोहार धरान–६ स्थित सरस्वती माविको मतदान स्थलमा आएर बिहीबार मत हाले ।
[caption id="attachment_63575" align="alignnone" width="540"]
क्याप्सन: क्रियापुत्रीमा रहेका सञ्चारकर्मी रणध्वज लोहार मतदान गर्दै । तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
घर भन्दा करिव एक किलोमिटरको हाराहारीमा रहेको मतदान स्थलमा लोहारका दाजू विनोद, भाउजु देवीमाया र श्रीमति माया कट्वाल बिक पनि भोट हाले । मतदान गर्न पाउने आफ्नो अधिकारलाई सुनिश्चित गर्नको लािग पनि मतदान गरेको सञ्चारकर्मी लोहारले बताए । सोही मतदान स्थलमा अन्य ८ जना क्रियापुत्री मतदाताहरु पनि भोट हाल्न पाउने अधिकार प्रयोग गरे ।
पानबारीको सरस्वती माविको मतदान स्थलमा क्रियापुत्री रहेका श्रीकृष्ण अधिकारी र जमुना अधिकारीले पनि भोट हाले । त्यस्तै शिव कटुवाल, नैनबहादुर कटवाल, चन्द्रबहादुर कटवाल, कमला कटवाल, हर्कमाया कटवाल र दुर्गाकुमारी कटवालहरु पनि मतदान गर्न आइपुगे । शिवले भने, ‘आफ्नो अधिकार सुनिश्चित गर्न उभिएका छौं ।’
[caption id="attachment_63577" align="alignnone" width="764"]
तस्बिरः भाेजराज[/caption]
आमा यसोद कटुवालको क्रियामा बसिरहेका उनीहरुको बिहीबार सातौं दिन पुगेको छ । तर, पनि २० वर्ष पछि आएको प्रतिनिधि सभाको चुनावलाई उनीहरुले सदुपयोग गरे । लोकतन्त्रपछिको संघात्मक शासन प्रणालीमा गएको नेपालमा उनीहरुले पहिलो पल्ट प्रदेश सभाको चुनावमा पनि भोट हाले । ‘यो पटक नहाल्दा पाँचवर्ष पछि मात्रै भोट हाल्न पाइन्छ ।’ सञ्चारकर्मी लोहारले भने, ‘त्यसैले अधिकारलाई प्रयोग गरेका हौं ।’
क्रियापुत्रीहरुमा पनि मतदान गर्ने उत्साह देखियो । उनीहरु केहीबेर उभिएर पनि मतदान गरेर घर फर्किए । सरस्वती माविको मतदान स्थलमा ४ हजार ४६८ मतदाता रहेका छन् । त्यसमध्येका यी १२ जना पनि हुन् । उनीहरुले सहज रुपमा मतदान गरेका छन् ।