नाम र फोटो फरक परेपछि आमाछोराले मतदान गर्न पाएनन्
झापाको बिर्तामोड ९ स्थित खामतेलबारीमा रहेको देवकोटा आधारभुत प्राविमा मतदाता परिचयत्र लिन गएका आमाछोराको नाम र फोटो एउटै परिचयपत्र रहेको भेटिएको छ ।
बिर्तामोड ९ बस्ने शान्ति टुडु र उनका छोरा संग्राम टुडुको नाम र फोटो एउटै परिचयपत्रमा फेला परेपछि पहिलो पटक मतदान गर्न खोजेका दुवै जनाले मतदान गर्न पाएनन । गत साउनमा मतदाता नामावली दर्ता गराएका दुवै जनाले परिचपत्र पत्र नपाएपछि मतदान गर्नबाट बञ्चित हुनु परेको छ । निर्वाचन आयोगले जारी गरेको मतदाता नम्बर २१९४४७३० मा नाम छोरा संग्रामको छ भने, फोटो उनका आमा शान्तिको रहेको भेटियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































