विजयपुर । प्रतिनिधी सभा र प्रदेस सभाको निर्वाचनमा निर्वाचन आयोग र सुरक्षा निकायको कमजोर तयारीका कारण सुनसरी क्षेत्र नम्बर १ मा मतदाता र सुरक्षाकर्मिमा अन्योलता छाएको देखियो ।
अधिकाशं मतदान केन्द्रमा मतदाताको परिचय पत्र अनुसारको मतदान गर्ने ब्यबस्था मिलाएको भएपनि मतदान केन्द्रको विवरण र मतदाताको परिचय पत्रको नम्बर अनुसारको विवरण नभेटिदा मतदाताहरु अन्योलमा परेका थिए । नयाँ थपिएका मतदाताको नामको अल्फाबेटले पुराना मतदाताको क्रम संख्या फरक परेको थियो । तर निर्वाचन आयोगले पुराना मतदातालाई नयाँ परिचय पत्र वितरण नगरेका कारण मतदाताहरु पुरानै क्रम संख्याका आधारमा मतदान गर्न लाइनमा बसेका थिए । आफ्नो क्रम संख्या अनुसार मतदान केन्द्रमा नाम नभेटिएपछि मतदाताहरुमा अन्योलता छाएको थियो भने कतिपय ठाउमा मतदाताहरुले आक्रोस समेत पोखेका थिए ।यो निर्वाचन आयोगको कमजोरी र निर्वाचनमा खटिएका निर्वाचन अधिकृतहरुको असक्षमता हो धरान १६ को चन्द्र संस्कृत उच्च मावि मतदान केन्द्रमा मतदान गर्न आएका ७३ बर्षिय बृछि हेमलाल मगरले भने‘ लाईन एउटामा लगाउछन्,अनी अर्को ठाउमा पठाउछन् । मतदान गर्न आएका अधिकाशं मतदाताले आफुले कुन केन्द्रबाट मतदान गर्ने हो भन्ने जानकारी पाउन झण्डै २० मिनेट खोज्नु पर्ने अवस्था आाएको थियो । उता निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रममालाई प्रभाबकारी बनाउन नसक्दा अधिकाशं मतदान केन्द्रका मतदान अधिकृतहरुले मतदाताको हप्की समेत खानु परेको छ । मतदाताले कसरी कसरी भोट लगाउने भनेर राम्ररी जानकारी नपाएका कारण हामीले धेरै समस्या भोग्नु पर्यो धरान १५ स्थित सदन उच्च माबिका एक निर्वाचन अधिकृतले जानकारी दिए । उनका अनुसार एकजना मतदाताले आफुले मत हाल्ने दलको चुनाब चिन्हनै नभएको भन्दै झगडा गरेका थिए । आयोगले विद्यालयका वाल र सार्वजनिक स्थलहरुमा मतदान कसरी गर्ने भनेर पोस्टरहरु टाँसेको छ तर मतदाताको घर वा टोलमा न त पोस्टर पुगेको छ नत कुनै टोली । पोस्टर टास्नेकाम आयोग आफैले बनाएको निर्वाचन आचारसंहीता विपरीत पनि हो । धरानका अधिकाशं बिद्यालयका भित्ता,सार्वजनिक स्थलहरुमा आयोगको पोस्टरहरु भेट्न सकिन्छ तर टोल तथा बस्तीहरुमा यस्ता पोस्टर भेटिदैन धरान ९ का वडा सदस्य मनोज राउतले भने ।निर्वाचन आयोगले प्रभाबकारी कार्य नगरेको यहाँबाट स्पस्ट हुन्छ उनले भने । यो निर्वाचनमा सबैभन्दा बढी तनाब नेपाल प्रहरीलाई देखिन्थ्यो । धरानका सबै निर्वाचन स्थल र केन्द्रमा खटिएका प्रहरी अधिकृत,जुनियर प्रहरी तथा म्यादी प्रहरीहरु तिन दिन देखि अनिदो रहेका थिए । सिमिती संख्याका कारण संबेदनशील क्षेत्रमा प्रयाप्त सुरक्षा ब्यबस्था मिलाउन प्रहरीले सकेको थिएन । इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले भने‘ लगातारको ड्युटीका कारण निकै थकित भइएको छ,तर पनि सुरक्षा ब्यबस्थालाई कडा बनाइएको छ ।प्राय सुरक्षाकर्मिको अनुहार मलिन देखिन्थे भने ड्युटीमा उङगेको अबस्थामा भेटिन्थे । विरामी भएर विदामा बसेका र अस्पतालमा भर्ना भएका प्रहरी जवानहरुपनि ट्युटीमा खटिएका थिए । म्यादी प्रहरीहरु सुरक्षाको कार्यमा भन्दा सेल्फी खिच्न र ग्रुपमा गफ गरेको अबस्थामा भेटिन्थे । उनीहरु सुरक्षा दिने भन्दापनि कुनै घटना भईहाले कसरी बच्ने भन्ने सल्लाहमा हुन्थे ।उनीहरुको ड्युटी प्रभाबकारी नभएको निर्वाचन स्थलमा खटिएका स्वेमसेवकहरुले बताउथे ।म्यादी प्रहरीको कार्य प्रभाबकारी भएन,उनीहरुलाई परिचालन गर्न प्रशासनले सकेन धरान १८ स्थित मतदान केन्द्रमा खटिएका स्वेमसेवक रविन कठेतले भने । मत पेटिका संकलनपनि प्रहरीकै जिम्मामा निर्वाचनको पुर्ण सुरक्षाको जिम्मेवारी प्रहरीमाथि हुन्छ ।निर्वाचन अगाडी सुरु हुने शुन्य समय देखिनै प्रहरीहरु २४ घण्टे ड्युटीमा खटिएका हुन्छन् । त्यसमा आफ्ना हाकिमको निर्देशन देखि स्थानिय उमेद्धारको गुनासो र निर्देशनपनि दबाबपुर्ण रुपमा प्रहरीले खेपेका हुन्छन् । मतदान स्थलको सुरक्षा,ब्यबस्थापन,ब्यालेट बक्सको सुरक्षा समेत प्रहरीले मिलाउछ । धरान सुनसरी क्षेत्र नम्बर १को निर्वाचन क्षेत्रमा भने ब्यालेट बक्सको सेन्टर कलेक्सन कहाँ गर्ने भन्ने सामान्य जिम्मेवारीपनि निर्वाचन आयोगले नलिएको पाइयो । निर्वाचन आयोगले तोकेका ठाउमा प्रहरीले सुरक्षित साथ ब्यालेट पेपर पु¥याउने हो तर आयोगले विभिन्न केन्द्रबाट संकलन भएका ब्यालेट बक्स (मत पेटिका)लाई कुन ठाउमा सेन्टर कलेक्सन गर्ने हो भन्ने टुङगो नलगाएका कारण धरान प्रहरीलाई अर्को तनाव थपिएको थियो । तर इलाका प्रहरी कार्यालयले धरान उपमहानगरपालीकासँग आग्रह गरेर धरान ८ स्थित सभागृहमा सेन्टर कलेक्सन गर्ने ब्यबस्था मिलाएका थिए ।