विजयपुर । प्रतिनिधि सभा तथा प्रदेस सभाको दोश्रो चरण निर्वाचन अन्र्तगत विहिबार भएको निर्वाचनमा राजनैतिक दलका शिर्ष नेताहरुले प्रदेस नम्बर १ का बिभिन्न जिल्लाबाट मतदान गरेका छन् भने केहीले आफुलाई मतदान गर्न पाएनन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभाका उम्मेदवार डा. शेखर कोइरालाले विराटनगरस्थित आदर्श उच्च माध्यमिक विद्यालयबाट मतदान गरे । उनले बिहान ७ बजेर २५ मिनेटमा मत खसालेका थिए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका उम्मेदवार महेश आचार्यले विराटनगर सोमबारे हाटस्थित जनता नमुना माध्यमिक विद्यालयको मतदान स्थलमा मतदान गरे । आचार्यले बिहान ७ बजेर ३५ मिनेटमा मतदान गरेका थिए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार डा. मिनेन्द्र रिजालले विराटनगरमा रहेको पुसेट कलेजबाट मतदान गरेका छन् । नेकपा एमालेका नेता तथा बाम गठबन्धनबाट मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधि सभाका उम्मेदवार लालबाबु पण्डितले विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसबाट मतदान गरे ।
उनले बिहान सात बजेर १८ मिनेटमा मतदान गरे । माओवादी केन्द्रका सचिवालय सदस्य एंव विना विभागिय मन्त्री तथा बाम गठबन्धनबाट मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेदवार शिवकुमार मण्डलले सुनवर्सि नगरपालिका ६ स्थित केरन्जा मतदानस्थल वाट मतदान गरे ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधि सभाका उम्मेदवार अमृत अर्यालले विराटनगरको सनसारी माईस्थान मन्दिरमा रहेको मतदान केन्द्रबाट मतदान गरे । संघीय समाजवादी फोरमका अध्यक्ष एवं पूर्वमन्त्री उपेन्द्र यादवले विराटनगरको स्नातकोत्तर क्याम्पसमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् नेकपा एमालेका नेता तथा पुर्व सभामुख सुवास नेम्वाङले इलाम नगरपालिका–७ को बालमन्दिर आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेका छन् भने नेकपा एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले सूर्याेदय नगरपालिका ९, रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रमा मतदान गरेका छन् । नेपाली काग्रेसका नेता कृष्णप्रसाद सिटौला, राप्रपाका महामन्त्री राजेन्द्र लिङ्गदेन र नेपाली काग्रेसका युवा नेताले आ आफनो मतदान केन्द्रबाट मत खसालेका हुन् । झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका सदस्य उम्मेदवार सिटौलाले भद्रपुर १० स्थित कलवलगुडी प्राविमा विहान ८ बजेर १० मिनेटमा मतदान गरेका हुन् । त्यसैगरी राप्रपा महामन्त्री एवम् झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र लिङ्देनले बिहान ८ बजे मतदान गरेका छन् । उनले झापाको क्षेत्र नम्बर ३ स्थित हल्दिबारी गाउँपालिकाको १ नम्बर वडा कार्यालयबाट मतदान गरेका हुन् । त्यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार विश्वप्रकाश शर्माले मेचीनगरस्थित कविशिरोमणि माविको मतदान केन्द्रबाट बिहान साढे ८ बजे मतदान गरेका छन् ।
नेकपा एमालेका सचिव तथा पुर्व पर्यटन मन्त्री भिम आचार्यले सुनसरी क्षेत्र नम्बर ३ मा रहेको जनता मावि मधेशा केन्द्रमा मतदान गरे । नेपाली काङग्रेसका नेता तथा वर्तमान सरकारका उप प्रधानमन्त्री बिजयकुमार गच्छादारले सुनसरी ३ स्थित दुहवीमा रहेको नबिन शिक्षा निकेतन निमाबीबाट मतदान गरे भने सुनसरी ३ बाटै गच्छादारसँग प्रतिस्प्रधामा उत्रिएकी एमाले नेतृ भगवती चौधरीले पनि सोही मतदान केन्द्रबाट मतदान गरेकी छिन् । नेपाली काङग्रेसका केन्द्रीय सदस्य तथा वर्तमान सरकारका बाणिज्य मन्त्री मिन विश्वकर्माले सुनसरी १ को शिक्षा सदन माबिबाट मतदान गरेका छन् ।