विराटनगर/ मोरङ क्षेत्र नम्बर २,३ र ६ को प्रतिनिधि सभाको प्राराम्भिक मत परिणमा सार्वजानिक भएको छ । दिउँसो साढे२ बजेसम्मको प्राराम्भिक मत परिणाम अनुसार  मोरङ २ मा नेपाली काँग्रेसका डा. मिनेन्द्र रिजाल, ३ मा एमालेका भानुभक्त ढकाल  र ६ नम्बर क्षेत्रमा नेकपा एमालका लालबावु पण्डितले अग्रता लिएका छन् । २ नम्बर क्षेत्रको ९ वटा मतदान केन्द्रको ४ हजार ८ सय ७१ मत गणना गर्दा  डा. मिनेन्द्र रिजलले २ हजार ३ सय ३ मत ल्याएको मुख्य निर्वाचन कार्यालय विराटनगरले जानकारी दिएका छन् । रिजालका प्रतिद्धन्द्धी ऋषिकेश पोखरेलले १ हजार ९ सय ५५ मत ल्याएका छन् । क्षेत्र नम्बर ६ को ५ हजार ८ सय ९४ मत गणना गर्दा एमालेका पण्तिले २ हजार  ६ सय २४ र काँग्रेसका डा. शेखर कोइराले २ हजार २ सय ८६ मत ल्याएका छन् । त्यस्तै ३ नम्बर क्षेत्रमा एमालेका भानुभत्त ढकालले आग्रता लिएका छन् । उनले २ हजार ७ सय ३३ मत ल्याएका छन् भने काँग्रेका डा. सुनिल शार्माले  २ हजार ४ सय मत ल्याएका जिल्ला निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । प्रत्येक निर्वाचन क्षेत्रको तीन ठाउँमा मत गणना भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।