धनकुटामा पनि एमालेकै अग्रता
धनकुटा/कडा सुरक्षाकावीच शुक्रबार दिउँसोबाट भएको मतगणना अनुसार धनकुटामा बामगठबन्धनबाट एमालेका राजेन्द्र राईले अग्रता कायम गरेका छन् ।
उनले २ हजार ३३८ मत गणना हुँदा १ हजार १८६ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिकका सुनिलबहादुर थापाले ९८४ मत प्राप्त गरेका छन् । प्रदेश तर्फ क मा लोकतान्त्रिकका मनोहरनारायण श्रस्ेष्ठले ५९४ र बामका निरेन राईको ५२६ प्राप्त गरेका छन् ।
ख मा बामका इन्द्रमणी पराजुलीले ५२६ र लोकतान्त्रिकका अर्जुन थापाको २२६ मत प्राप्त गरेका छन् । धनकुटामा ६९ हजार ४०३ मत खसेको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































