बस पल्टिँदा १७ यात्रु घाइते
राजविराज/ पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज बस पल्टिँदा १७ यात्रु घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ४९० नं को बसले विपरीत दिशाबाट आइरहेको को१च ५७९ नं को एम्बुलेन्स एक आपसमा ठोकिँदा बस पल्टिएको हो ।
इलाका प्रहरी कार्यालय भारदहका अनुसार बसमा सवार १६ यात्रु र एम्बुलेन्स चालक घाइते भएका छन् । घाइतेमध्ये १० जनाको विराटनगरस्थित गोल्डेन अस्पताल र अन्य सातको भारदह अस्पतालमा उपचार भइरहेको छ । (रासस)
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































