धनगढी : कैलाली निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दिएका राजपाका रेशमलाल चौधरीले वाम र नेपाली कांग्रेसका उम्मेदवारलाई चकित पार्दै ठूलो मतान्तरले अग्रता लिएका छन्।
प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका चौधरीले पाँच हजार ४१५ मत प्राप्त गर्दा एमालेकी गरिमा शाहले एक हजार तीन हजार ५९ र कांग्रेसकी ईश्वरी न्यौपानेले ९२१ मत पाएका छन्। चौधरी दुई वर्षअघि भएको टीकापुर घटनाको आरोपमा प्रहरीको फरार सूचीमा रहेका छन्। उनले आफ्ना समर्थकमार्फत सामाजिक सञ्जाल र भिडियो क्लिपमार्फत चुनावी प्रचार गरेका थिए। यो क्षेत्रको प्रदेशसभा (क) र (ख) मा भने नेपाली काँग्रेसका प्रत्यासीले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन्।
यता कांग्रेस नेत्री डा आरजु राणा देउवा उम्मेदवार रहेको कैलाली निर्वाचन क्षेत्र नं ५ को जारी मतगणनामा (एमाले)का उम्मेदवारले आफ्नो अग्रता कायम राखेका छन्। शनिबार साँझसम्म रानाले १३ हजार ८४१ मत पाउँदा कांग्रेसका डा आरजु राणा देउवाले १२ हजार ५९८ मतसहित रानालाई पछ्याइरहेका छन्। यो क्षेत्रमा खसेको कूल मतको ५० प्रतिशत मतगणना भइसकेको छ। झण्डै ३० हजार मतको गणना गर्न अझै बाँकी रहेको छ। यो निर्वाचन क्षेत्रको प्रदेशसभा (क) मा वाम गठबन्धनका नेपालु चौधरी र प्रदेशसभा (ख) मा काँग्रेसका डिल्लीराज पन्त अगाडि रहेका छन्।