धनुषा । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो निर्वाचित भएका छन् । चर्चित यो क्षेत्रमा महतो र कांग्रेस नेता विमलेन्द्र निधि लडेका थिए । वाम गठबन्धनबाट माओवादीका रामसिंह यादव उम्मेदवार थिए । तर, उनी प्रतिस्पर्धामा नै आएनन् । राजपा अध्यक्ष मण्डलका सदस्य महतोले निधिलाई झण्डै ३ हजार मतान्तरले पराजित गरे । उनले ३० हजार ७४२ मत पाए । निकटतम प्रतिद्वन्द्वी निधिले २७ हजार ८२८ मत पाए । सुरुदेखि नै पछि परेका महतोले एक पटक पनि महतोलाई भेट्टाउन सकेनन् । माओवादीका रामसिंहले २ हजार ३४६ मत पाए ।